युरोकपमा इटालीको विजयी सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २९, शनिबार

युरोकपमा इटालीले विजयी सुरुवात गरेको छ ।
शुक्रबार राति इटालीको रोमस्थित ओलम्पिक स्टेडियममा भएको युरोकपको उद्घाटन खेलमा टर्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै इटालीले विजयी सुरुवात गरेको हो ।
उक्त खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकेको थियो ।
दास्रो हाफको ५३ औं मिनेटमा आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो । डोमिनिको बेरार्डीको क्रस रोक्ने क्रममा डेमिरलले आफ्नै पोस्टमा गोल गरेका थिए ।
६६ औं मिनेटमा इमोबाइलले गोल गर्दा ७९ औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।
यस जितसँगै समूह ‘ए’ को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स