arin enterprises

जसपाले महन्थ ठाकुरलगायतलाई स्पष्टिकरण सोध्ने

SamacharDesk – बिराज | २०७८ जेठ ९, आइतबार

जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुरलगायतका नेतालाई स्पष्टिकरण सोध्ने भएको छ ।

पार्टीको शनिबार काठमाडौंमा सम्पन्न वैठकले पार्टी विपरित काम गरेकाले अध्यक्ष ठाकुर लगायत चार जना नेतालाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

पार्टीले ठाकुरसँगै वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई स्पष्टिकरण सोधेको हो ।

आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने पार्टीको निर्णय विपरित प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको भन्दै चार जनालाई स्पष्टिकरण सोधेको हो ।

पार्टी एकताको सवालमा भने हाल पार्टी टुक्रिने अवस्था नै नरहेको जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताउनुभयो ।

‘अहिले नै टुक्रिहाल्ने अवस्था त छैन, पछिको कुरा म अहिले नै भन्न सक्दिन’ नेता श्रेष्ठले भन्नुभयो ।

वैठकले वरिष्ठ नेता श्रेष्ठले वर्तमान राजनीतिक परिवेशको विषयमा प्रस्तुत गर्नुभएको प्रतिवेदन पनि पारित गरेको छ । १६ पृष्ठको प्रतिवेदनलाई आवश्यक सुझावसहित सर्वसम्मतले पारित गरेको हो ।

नेता श्रेष्ठले नेतृत्वमा व्यक्ति परिवर्तन हुनु तर सत्ता परिवर्तन नहुनुलाई नेपालमा पटक पटक संसद विघटन भइरहनुको प्रमुख कारको रुपमा प्रतिवेदनमा प्रस्तुत गर्नुभएको छ ।

‘नयाँ नयाँ व्यक्तिहरु नेतृत्वमा आइरहन्छन्, सत्ता परिवर्तन हुँदैन । त्यसैले क्रान्ती र प्रतिक्रान्ती बराबरै भइरह्यो’, नेता श्रेष्ठले भन्नुभयो । ‘अब कानूनी प्रतिवाद र राजनीतिक प्रतिवादमा नयाँ ढङ्गले फेरी एकपटक संयुक्त रुपले अगाडी बढ्नुपर्ने अवस्था आएको छ ।’

त्यसैगरी निर्वाचन आयोग लगायत विभिन्न निकायमा आधिकारीक रुपमा हस्ताक्षर गर्ने अधिकार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय पनि वैठकले गरेको छ ।

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082