arin enterprises

जसपा कार्यकारिणी समितिको वैठक बस्दै

SamacharDesk – बिराज | २०७८ जेठ ८, शनिबार

जनता समाजवादी पार्टीको वैठक अहिले काठमाडौंमा चलिरहेको छ । आजको लागि बोलाइएको पार्टीको कार्यकारिणी समितिको वैठक अहिले काठमाडौंको खुसिबुँस्थित नेपाः ब्यांक्वेटमा चलिरहेको हो ।

वैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, राजेन्द्र श्रेष्ठ, बाबुराम भट्टराई, हिसिला यमि लगायतको उपस्थिती रहेको छ ।

वैठकमा बहुमत सदस्यको उपस्थिती रहेको वैठकमा सहभागी एक नेताले बताए ।

‘कार्यकारिणी समितिमा ५१ जना सदस्य रहेका छन् । तीमध्ये ३१ जना त वैठकमा उपस्थित भइसके, अझै केही सदस्यहरु आउँदै गरेको खबर आएको छ’ वैठकमा सहभागी नेताले जानकारी दिए ।

आजको वैठक विशेष गरी पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रीत रहेको बताइएको छ । प्रधानमन्त्री पदमा राष्ट्रपतिबाट पुनः ओलीकै नियुक्ति र संसद विघटन सम्वन्धी विषयवस्तुमा वैठकको छलफल केन्द्रीत भएको छ ।

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर पार्टीको भावी योजना र रणनीति तय गर्नका लागि वैठकमा छलफल भइरहेको छ ।

जेठ ८ र ९ गतेका लागि बोलाइएको जसपा कार्यकारिणी समितिको वैठक पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरले सूचना जारी गर्दै स्थगित भएको जनाएका थिए । तर अध्यक्ष उपेन्द्र यादवले पार्टी वैठक स्थगित नभएको जनाउँदै आज वैठकलाई निरन्तरता दिएका हुन् । 

Categorized in राजनीति
SKIP THIS buddhan jayanti 2082