जसपाले फेर्यो झण्डा र लोगो
SamacharDesk | २०८० श्रावण ५, शुक्रबार

जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो झण्डा र लोगो फेरेको छ ।
भर्खरै विधान अधिवेशन सम्पन्न गरेको जसपाले अधिवेशनका सहभागि प्रतिनिधिहरुको झण्डा फेर्नुपर्ने माग गरे बमोजिम झण्डा र लोगो फेरेका हो ।
विधान प्रमाणीकरण समितिले पार्टीको झण्डा र लोगो परिवर्तन गरी निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ ।
विधान अधिवेशनमा १० वटा समुह बनाई विधानमा दफावार छलफल गरिएको थियो जसमध्ये लगभग सबैजसो समुहले पार्टीको झण्डा फेर्नुपर्ने माग राखेका थिए ।
यसअघि माथिल्लो भागमा रातो र तल्लो भागमा हरियो रङ्गको पृष्ठभमिमा सेतो ताराको सट्टामा अहिले रातो पृष्ठभमिमा सेतो तारा राखिएको छ ।
त्यस्तै यस अघिको पार्टीको लोगोमा पनि परिवर्तन गरिएको छ । जसअनसार पहिलेको लोगोमा मुठी सहितको हात राखेर लोगो बनाइएको छ ।
Categorized in राजनीति