सरकारमा सहभागी नहुने जसपाको भनाई
SamacharDesk – बिराज | २०७८ जेठ ४, मंगलबार

जनता समाजवादी पार्टी (जसपा) टुक्रिने चर्चा र अड्कलबाजी सबैतिर भइरहँदा पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबाट संयुक्त विज्ञप्ती जारी भएका छन् ।
अध्यक्षद्वयले संयुक्त जारी गर्दै राष्ट्रिय सहमति अथवा आफ्नै पार्टीको नेतृत्वमा सरकार बने अवस्था भए सरकार गठन गर्न अगाडी बढ्ने बताएका छन् ।
तत्काल पार्टी सरकारमा सहभागी नहुने र प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने अध्यक्षद्वयले भनेका छन् ।
पार्टीमा उत्पन्न भएका समस्याहरु पार्टी संगठन भित्रै छलफल गरी पार्टी विधान अन्तर्गत रहेर नै समस्याको समाधान गरिनुपर्ने पनि विज्ञप्तीमा भनिएको छ ।
पार्टीमा नेतृत्वहरुबाट नै गुट उपगुट खडा गर्ने, पार्टी भित्र गुटबन्दी गरी अराजक क्रियाकलाप गर्दै आआफ्नो पक्ष खडा गरी सञ्चारमाध्यममा दिइएको गैर राजनीतिक गैर जिम्मेवार अभिव्यक्तिहरुप्रति ध्यानाकर्षण भएको पनि अध्यक्षद्वयले जनाएका छन् ।
‘यस्ता गतिविधिहरु पार्टी एकता, अनुशासन, आचार संहीता एवम् पार्टी कार्यपद्धतीका प्रतिकुल रहेका छन् । यस प्रकारका कार्य, अभिव्यक्ति एवम् गतिविधिलाई तुरन्त बन्द गर्नु पर्दछ’ विज्ञप्तीमा लेखिएको छ ।
