arin enterprises

नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन मन्त्री श्रेष्ठको माग

SamacharDesk | २०७९ मङ्सिर २१, बुधबार

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन आवश्यक रहेको बताउनुभएको छ ।

हिजो नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समितिसँगको सहकार्यमा गरेको नेपाल सवत न्हूँद विषय विद्वत्गोष्ठीमा उहाँले यस्तो बताउनुभएको हो ।

मन्त्री श्रेष्ठले नेपाल सम्वत्लाई राष्ट्रिय रुपमा मान्यता दिनका लागि राष्ट्रियस्तरमा नै काम गर्न आवश्यक रहेको पनि बताउनु भयो ।

उहाँले नेपाल संवत न्हूँद राष्ट्रिय समारोह समिति समारोह गर्नका लागि मात्रै गठन भएको हो की जस्तो भान हुने गरेको बताउनु भयो ।

उहाँले अहिले शंखधर शाख्वाका नाममा काम गर्ने धेरै संस्थाहरु भएपनि राष्ट्रिय रुपमा प्रचार हुन नसकेको बताउनु भयो । उहाँले राष्ट्रिय रुपमा प्रचारको लागि शंखधर शाख्वाको नाममा राष्ट्रिय स्तरको प्रतिष्ठान बन्न आवश्यक रहेको बताउनु भयो ।

मन्त्री श्रेष्ठले राष्ट्रिय स्तरको प्रतिष्ठान भएमात्रै नेपाल सवत र शंखधर शाख्वाको इतिहास र योगदानको प्रचार हुने बताउनु भयो । उहाँले नेपाल संवतलाई राष्ट्रिय रुपमा मान्यता दिन मन्त्रालयले गर्नुपर्ने कामका लागि आफू प्रतिवद्ध रहेको बताउनुभयो ।

Categorized in राष्ट्रिय