मोरिन्होलाई दुई खेलको प्रतिबन्ध
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण ११, बुधबार

इटालियन क्लब रोमाका मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई दुई खेलको प्रतिबन्ध लगाएको छ ।
शनिबार भेरोनाविरुद्ध २–२ गोलको बराबरीमा रोकिएको खेलमा रातो कार्ड पाएपछि उनलाई दुई खेलको प्रतिबन्ध लगाएको हो ।
पोर्चुगिज प्रशिक्षक मोरिन्होले टच लाइनको बल दर्शकतर्फ हिर्काउँदै रेफ्री लुकासँग अभद्र व्यवहार देखाएपछि उनले रातो कार्ड पाएको थियो ।
साथै उनलाई २० हजार युरो जरिवाना समेत गरिएको छ ।
Categorized in स्पाेर्ट्स