युभेन्ट्स अन्तिम १६ बाट बाहिरियो
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ३, बिहिबार

इटालियन क्लब युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।
स्पेनिस क्लब भिल्ला रियलसँग समग्रमा ४–१ ले पराजित भएपछि बाहिरिएको हो ।
पहिलो लेगमा १–१ गोलको बराबरी खेलेको युभैन्ट्स दोस्रो लेगमा ३–० ले पराजित भयो ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगको ७८ औं मिनेटमा जेरार्ड मोरेनोले पेनाल्टीमा गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।
८५ औं मिनेटमा पाउ टोरेसले गोल गर्दै भिल्लाको अग्रता दोब्बर पारे ।
त्यसपछि अर्नाउट डान्जुमाले खेलको इन्जुरी समयमा गोल गर्दै भिल्लालाई ३–० को सहज जित दिलाए ।
युभेन्ट्स लगातार तेस्रो सिजन च्याम्पियन्स लिगको अन्तिम १६ बाट बाहिरिएको हो ।
यस्तै भिल्ला भने २००८÷९ को सिजनपछि पहिलो पटक क्वाटरफाइनलमा पुगेको हो ।
Categorized in स्पाेर्ट्स