arin enterprises

कपिलको ‘सरला’ एन्डोमेट्रियोसिसबाट ग्रसित

SamacharDesk – इन्टरटेनमेन्ट ब्यूराे | २०७८ जेठ ५, बुधबार

भारतीय टेलिभिजन जगतको लोकप्रिय कार्यक्रम ‘दि कपिल शर्मा शो’ का एक चर्चित पात्र हुन् सरला अर्थात सुमोना चक्रवर्ती ।

कपिल शर्मा शोमा सरला भनेर चिनिने सुमोनाले हालै आएर आफुलाई गम्भीर रोग लागेको खुलासा गरेकी छन् ।

इन्स्टाग्राममा पोस्ट गर्दै सुमोनाले आफु एन्डोमेट्रियोसिस नामक रोगको तेश्रो स्टेजमा रहेको बताइन् । लकडाउनको दौरान आफु बेरोजगार बस्नुपरेको बताउँदै सुमोनाले काम नभएपनि परिवारलाई आफुले नै पालिरहेको पनि बताइन् ।

आफ्नो रोग डायबिटिज जस्तै साधारण भएको र धेरै दिन पछि आफुले घरमा वर्कआउट गरेको सुमोनाले लेखेकि छन् । यस रोगको बारेमा सचेतना जगाउने आफ्नो विचार रहेको पनि उनले बताइन् ।

‘मलाई खुसी लागेको छ कि धेरै युवतीहरु, डक्टरहरुले प्रतिक्रिया दिए र यसलाई गम्भीर रोग बताउँदै यसको उपचार जरुरी रहेको बताए । हालको लागि म राम्रो महसूस गर्दैछु’ सुमोनाले लेखेकी छन् । 

Categorized in पेजथ्री