arin enterprises

कश्मिरमा झडप, ६ आतंककारीको मृत्यु

SamacharDesk | २०७९ बैशाख ९, शुक्रबार

कश्मिर उपत्यकामा सुरक्षाकर्मी र आतंककारीहरुबीच मुठभेड भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको बेला उक्त मुठभेद भएको छ ।

मुठभेडमा अहिलेसम्म ६ जना आतंककारी र एक सुरक्षाकर्मीको मृत्यु भएको छ । घटनामा ९ जना सुरक्षाकर्मी घाइते भएका छन् । मोदी भ्रमणका लागि सुरक्षा ब्यवस्था कसिलो बनाउने क्रममा सुरक्षाकर्मीले चेकजाँच बढाइरहँदा आतंककारी समूहहरुसंग मुठभेड भएको जनाइएको छ ।

आतंकवादीहरु स्थानीय पसल तथा घरमा लुकेको आशंकामा सुरक्षाकर्मीले खोजी तिब्र बनाएका छन् । जम्मुका अतिरिक्त प्रहरी महानिर्देशक मुकेश सिंहले उक्त क्षेत्रमा आज बिहान ४ बजेदेखि मुठभेड भएको बताउनु भएको छ । प्रधानमन्त्री मोदी आगामी आइतबार जम्मु कश्मिरको भ्रमणमा जाने तयारीमा हुनुहुन्छ ।

भारतले जम्मु कश्मिरलाई स्वायत्त राज्यको मान्यता दिने संवैधानिक ब्यवस्था खारेज गरेपछि प्रधानमन्त्री मोदी पहिलो पटक कश्मिर जान लाग्नु भएको हो ।

Categorized in अन्तर्राष्ट्रिय