arin enterprises

काठमाडौं सुनचाँदी व्यवसायी संघको भवन उद्घाटन

SamacharDesk – बिराज | २०७९ फाल्गुण २८, आइतबार

काठमाडौं सुनचाँदी व्यवसायी संघको दोश्रो भवनको शनिबार उद्घाटन गरिएको छ ।

काठमाडौंको कुसुमबियालाछिस्थित उक्त भवनको नेपालभाषा मंकाः खलःका अध्यक्ष जनकबि दुर्गालाल श्रेष्ठ र नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले संयुक्त रुपमा उद्घाटन गरे ।

यस भवनबाट आधुनिक तथा नेपाली परम्परागत गरगहना उत्पादन गर्न दक्ष जनशक्ति तयार गर्नका लागि तालिमहरु संचालन गर्ने बताइएको छ ।

विभिन्न आवश्यक उपकरणहरु राखी ल्याबसमेत संचालन गर्ने र यसका लागि काठमाडौँ महानगरपालिकाबाट ७२ लाख अनुदान सहयोग प्राप्त भएको संघले जानकारी दिएको छ ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष शाक्यले नवनिर्मित भवनबाट स्वदेशी कालिगढ उत्पादन हुँदा ब्यबसायीले निकै राहत पाउनुका साथै युवा जनशक्तिले स्वदेशमै रोजगार पाउने विचार राखे ।

त्यस्तै बागमति प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठले संघले परम्परागत साथै आधुनिक गरगहना बनाउने तालिम दिएर युवालाई स्वरोजगार बनाउने संघको यो प्रयासले बिदेशी कालिगढमा निर्भर रहनुपर्ने बाध्यता हट्ने बताए ।

सिटिइभिटिबाट समेत मान्यता पाइने तालिम संचालन गर्ने सघको तैयारी रहेको छ ।

Categorized in बिजनेस