arin enterprises

महानगरभित्रका तीन सडक एकतर्फी

SamacharDesk | २०८० कार्तिक १, बुधबार

काठमाडौं महानगरपालिकले आज कात्तिक १ गतेदेखि तीन वटा सडक खण्ड एकतर्फी (वान—वे) बनाइएको छ ।

महानगरले एक सुचना जारी गरी वडा ११ स्थित त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल– सेतोपुल– मिलनमार्ग तर्फ वाने गरिएको छ ।

त्रिपुरेश्वरतिरबाट प्रवेश गर्न पाइए पनि ललितपुरतर्फबाट त्रिपुरेश्वरतिर आउँदा नयाँ पुल कटेर वायाँतर्फ मोडिएर आउनुपर्ने छ । त्रिपुरेश्वरबाट ललितपुरतिर जाँदा मिलन टोल, नयाँ पुल हुँदै जानुपर्ने छ ।

त्यसैगरी, वडा नं। २८ को पुतलीसडको मूलखण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउने, आउन नपाउने गरी वान–वे गरिएको जनाएको छ ।

वडा नं १ र २८ पर्ने दरवारमार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्णपाउरोटी चोक (कमलपोखरी) जानमात्र पाउने, आउन नपाइने गरी एकतर्फी गरिएको हो ।

महानगरले महानगरभित्र सवारी आगमनलाई थप व्यवस्थित गराउन ती सडकहरु एकतर्फी गरेको जनाएको छ ।

सडक एकतर्फी बनाइएको जानकारी दिन ती सडक क्षेत्रमा ट्राफिक प्रहरी र महानगरपालिकाका १०–१० जनाको टोली खटाइएको छ ।

Categorized in स्थानीय