हत्याका आरोपी १५ वर्षपछि पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०७९ पौष २५, सोमबार

कपिलवस्तुमा हत्याको आरोप लागेका एक पुरुष घटना भएको १५ वर्ष पछि पक्राउ परेका छन् । लुम्बिनीको रूपन्देही साँस्कृतिक नगरपालिका–७ कर्महवा बस्ने ५६ वर्षीय शिब बालक चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीलाई कपिलवस्तु मायादेवी गाउँपालिका–८ मा रामेश्वर पाण्डेको हत्याको घटनामा संलग्न रहेको आरोप लागेको छ ।
२०६४ कात्तिक १० गते राति मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले पाण्डेलाई गोली प्रहार गरी हत्या गरेका थिए । सोही घटनामा चौधरी पनि संलग्न रहेको प्रहरीको भनाई छ।
रुपन्देही एरियामा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा खोजी गरी चौधरीलाई कर्महवाबाट पक्राउ गरिएको हो । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा बुझाईएको कार्यालयले जनाएको छ ।
Categorized in अपराध