सार्वजनिक स्थान नियमित निसंक्रमण गर्दै महानगर
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २३, बिहिबार

काठमाडौँ महानगरले अस्पताल, सुरक्षा जाँच र कार्यालयजस्ता व्यक्तिहरु आवतजावत हुने ठाउँ निसंक्रमण गरिरहेको छ ।
ठूला जेट मेसिनको प्रयोग गरी सार्वजनिक स्थान लगायत एम्बुलेन्सजस्ता सवारी साधनको पनि नियमित निसंक्रमण गरिरहेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बन्दाबन्दी भए पनि अत्यावश्यक कामले मानिसहरु बाहिर निस्किनुपर्ने अवस्थामा मानिसहरु आवतजावत भइरहने ठाउँ निसंक्रमणको काम गरिरहेको बताउनुभयो ।
‘हामीले सुरक्षा जाँच गर्ने ठाउँ र अस्पताल परिसरलाई केन्द्रीत गरेर निसंक्रमण गरिरहेका छौं, संक्रमण फैलिनबाट रोक्न सक्दो प्रयासमा हामी जुटेका छौं’ प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीले भन्नुभयो ।
महानगरले गएको बर्ष बन्दाबन्दीमा पनि सार्वजनिक ठाउँमा निसंक्रमण गरेको थियो । यस बर्ष निसंक्रमणको कामलाई महामारी नियन्त्रणमा नआउञ्जेल जारी राख्ने प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताउनुभयो ।
Categorized in स्थानीय