arin enterprises

बन्दाबन्दीमा पूर्वाधार निर्माणका काम गर्दै महानगर

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २५, शनिबार

काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयको सदुपयोग गर्दै पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिइरहेको छ ।

निषेधाज्ञा जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको हो ।

अहिले नयाँ सडक गेट मर्मत तथा रंग रोगनको काम भइरहेको छ । साथमा वडा ६ को बागमती नगर र शान्ति नमूना पार्क, वडा ३ को इको पार्क र वडा ४ को धुम्वाराही पार्क निर्माण भइरहेका छन् ।

‘जिल्ला प्रशासन कार्यालयबाट जारी निषेधाज्ञा र स्वास्थ्य मन्त्रालयबाट जारी स्वास्थ्य मापदण्डको पालना गराएर पूर्वाधारका कामलाई नियमित गरेका हौँ’, सहरी पूर्वाधार विकास विभागका प्रमुख राम थापा भन्नुहुन्छ, ‘वडा १६ को ज्ञानदीप मार्ग, सिद्धार्थ मार्ग र जमाचो मार्गमा ढल निकास तथा सडक कालापत्रे भइरहेको छ ।’

वडा १३ को जिलेट मार्ग र वडा १४ को त्रिभुवन विश्वविद्यालयको परिसरमा पर्खाल निर्माण र सडक कालोपत्रे पनि अहिले नै भइरहेको छ । वडा ३१ को सिर्जना नगर सडक सुधारको काम भइरहेको छ ।

महानगरको वडा २१ कार्यालय भवन पुननिर्माण गर्न अहिले भत्काउने काम भइरहेको छ भने वडा ३१ कार्यालय भवन निर्माण भइरहेको छ ।

यससँगै सडक सुधार, स्तरउन्नति र ढल निकासका वडास्तरीय कामहरु पनि भइरहेका छन् ।

Categorized in स्थानीय