arin enterprises

काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक

SamacharDesk | २०७९ आषाढ ६, सोमबार

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याएको छ ।

आइतबार महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगरसभाको ११ औं अधिवेशनको पहिलो बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा विशेषगरी ‘साँस्कृतिक सहर सम्मृद्ध नगर’ मुल नारासहित समग्र महानगरको आर्थिक, सामाजिक, साँस्कृतिक सुधार एवं विकाससँगै पर्यावरणीय सन्तुलन कायम राख्दै हराभरा बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

विशषेगरी नीति तथा कार्यक्रममा नेवास् समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रिय द्यचबलमष्लन गर्न पहल गरिने, बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिने भनिएको छ ।

त्यस्तै काठमाडौंको बढ्दो सवारी साधन र पार्किङ समस्यालाई मध्यनजर गर्दै काठमाडौं ११ स्थित खुल्लामञ्च छेउको खाली जग्गामा भूमिगत पार्किङस्थल बनाउने गरी सम्भाव्यता अध्ययन गर्ने र स्थानीय नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रियस्तरमा ब्रान्डिङ गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

सेवाग्राहीले सरल र सहज तरिकाले सेवा प्राप्त गर्ने हकलाई सुनिश्चित गर्न सूचना र प्रविधिको उच्चतम प्रयोग गर्ने नीति कार्यक्रममा उल्लेख छ । विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सम्बद्ध विज्ञहरू रहेको समिति गठन गरी महानगर शिक्षा सुधार योजना तर्जुमा गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिकामा कर तिरेका करदाताहरूको स्वास्थ्य बिमा गर्न आवश्यक प्रबन्ध मिलाइने घोषणा गरिएको छ । बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराउनेछ ।

एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ती, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरूको डिजिटल प्रोफाइल तयार गरी एकीकृत विवरण सङ्कलन गरिने भएको छ ।

काठमाडौँ महानगर क्षेत्रभित्र रहेका बसस्टपहरुमा यात्रीहरूको विश्रामका लागि परम्परागत शैलीको फल्चा निर्माण गर्न इच्छुक संघसंस्थाहरुलाई प्राविधिक सहयोग उपलब्ध गराइने भएको छ । महानगर आफैँले प्राथमिकतामा राखी यस्ता फल्चाहरुको निर्माण गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

बागमती र विष्णुमती नदीको किनारमा ढल प्रशोधन केन्द्र स्थापना गर्न अध्ययन र परामर्श गरी जग्गा प्राप्तिको कार्य प्रारम्भ गरिने भनिएको छ । महानगरपालिका क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक, पुरातात्त्विक महत्वका मठ, मन्दिर आदिको अभिलेख राखी संरक्षणको व्यवस्था मिलाइने बताइएको छ ।

फोहोरलाई पुनः प्रयोग र प्रशोधन गर्न श्रोतमा नै वर्गीकरण गर्ने व्यवस्था मिलाइने तथा कुहिने फोहरलाई घरमै मल बनाउने महानगरबासीका लागि सोही प्रयोजनमा लाग्ने शुल्कमा विशेष सहुलियत दिने प्रबन्ध मिलाइने  छ ।

Categorized in राष्ट्रिय