arin enterprises

ललितपुर महानगरपालिका वडा नं ७ मा कुल बहादुर महर्जन निर्वाचित

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ४, बुधबार

ललितपुर महानगरपालिका वडा नं ७ मा नेपाली काँग्रेसका कुल बहादुर महर्जन निर्वाचित भएका छन् । उक्त वडामा महर्जन सहित नेपाली काँग्रेसको पुरै प्यानल विजयी भएको हो ।

दुइ हजार १ सय ७० मतसहित महर्जन वडाध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार सुरेन्द्र महर्जन पाँच सय ८९ मत प्राप्त मात्र गरे ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि यस वडामा महर्जन नै निर्वाचित भएका थिए ।

खुल्ला सदस्यमा नेपाली कांग्रेसकै देबेन्द्र शाक्य एक हजार ५ सय ९० मत र देवेन्द्र महर्जन एक हजार ४ सय ७५ मत पाउँदै निर्वाचित भए ।

महिला वडा सदस्यमा विजयी भएकी शान्ति महर्जन एक हजार ५ सय ८७ मतसहित विजयी भइन् ।

Categorized in स्थानीय