चार देश सम्मिलित क्वाड बैठक बस्दै
SamacharDesk | २०७८ फाल्गुण १९, बिहिबार

युक्रेनमा रुसको आक्रमणबारे साझा धारणा बनाउन अमेरिका,अष्ट्रेलिया, जापान र भारतका नेताहरू आज बिहिबार भर्चुअल छलफल गर्दैछन् ।
क्वाड भनिने क्वाड्रिलेटरल सेक्युरिटी डाईलगमा आवद्ध यी ४ मुलुकका नेताहरूबीच कुरा हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भर्चुअल बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसन, जापानी प्रधानमन्त्री फुमिओ किसिदा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् ।
सन् २०२१ सेप्टेम्बरमा यी चार नेताहरूले वासिङ्टन डिसीमा छलफल गरेका थिए । रूसले युक्रेनमाथि आक्रमण गरेको एक सातापछि चार मुलुकका नेताहरू बैठकमा बस्न लागेका हुन् ।
रूसले युक्रेनमाथि गरेको आक्रमणमा अमेरिका, अष्ट्रेलिया र जापान युक्रेनतिर छन् भने भारत तटस्थ बस्दै आएको छ ।
Categorized in अन्तर्राष्ट्रिय