महिला युथफोर्स भेला सम्पन्न
SamacharDesk – बिराज | २०७८ श्रावण १९, मंगलबार

काठमाडौं क्षेत्र नं ८ काठमाडौं महानगरपालिका १५ वडा युवा महिला युथफोर्स कमान्डरहरुको भेला काठमाडौंमा सम्पन्न भएको छ ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष साथै महिला विभाग प्रमुख उर्मिला सुनुवारले संघ हरेक युवा महिलाहरुलाई राजनीति, कानुनी एवं आर्थिक क्षेत्रमा अग्रसर हुन सिकाउने संगठन रहेको बताउनुभयो ।
आउँदो २३ गते हुन गइरहेको वृहत् युवा महिला भेला एवं महिला युथफोर्सको मार्चपास कार्यक्रममा युवा महिलाको सक्षमता प्रस्तुत गर्न उहाँले निर्देशन दिनुभयो । हरेक क्षेत्रमा धेरै भन्दा धेरै युवा महिलाहरुलाई उपस्थित गराउन पनि सुनुवारले निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय सचिवद्वय महाराजा गुरुङ, सीता सुवेदी, स्थायी कमिटीका सदस्यहरु, काठमाडौं महानगरपालिका १५ वडा सदस्य अनिता परियार, उपत्यका युथफोर्स कमान्डर उद्दव खड्गीलगायत संघका युवा महिलाहरुको उपस्थिति रहेको थियो ।
Categorized in राजनीति