हार बाबजुद लेस्टर सिटी अन्तिम आठमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ४, शुक्रबार

इंग्लिस क्लब लेस्टर सिटी हार बाबजुद पनि युरोपा कन्फरेन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।
फेन्स् क्लब रेन्नेसलाई समग्रमा ३–२ ले हराउँदै लेस्टर क्वाटरफाइनलमा पुगेको हो ।
अन्तिम १६ को पहिलो लेगमा रेन्नेस माथि २–० ले जित निकालेको लेस्टर दोस्रो लेगमा २–१ ले पराजित भयो ।
बिहिबार राति भएको खेलको आठौं मिनेटमा बेन्जामिनले गोल गर्दै रेन्नेसलाई अग्रता दिलाएका थिए ।
५१ औं मिनेटमा वेस्ले फोफानाले गोल गर्दै लेस्टरलाई १–१ गोलको बराबरीमा ल्याए । ७ महिनापछि मैदान फर्किएका फोफानाले हेडरमार्फत गोल गरेका हुन् ।
फ्लाभिन टइटले ७५ औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई २–१ को जित दिलाए ।
यो जितको बाबजुत रेन्नेस अघिल्लो चरणमा भने पुग्न सकेन । पहिलो लेगमा लेस्टरले २–० को जित निकालेको कारण रेन्नेस पारेको हो ।
Categorized in स्पाेर्ट्स