हजयात्रामा अपेक्षा भन्दा कम सहभागी
SamacharDesk | २०८० आषाढ १४, बिहिबार

विश्वका सबैभन्दा ठूलो धार्मिक जमघटमध्येको एक हज यात्राको अवसरमा यस बर्ष अपेक्षा भन्दा कम सहभागी भएको छ ।
यस वर्षको अनुष्ठानमा २५ लाखभन्दा बढी तीर्थयात्री आउने भएपनि १८ लाखभन्दा बढी भक्तजनहरुले दर्शन गरेका साउदी अरबको तथ्यांक कार्यालयाले जनाएको हो ।
अल एखबारिया टिभीले सार्वजनिक गरेको आधिकारिक तथ्यांकअनुसार सन् २०१९ मा सहभागी भएका २५ लाख उपासकको तुलनामा यो उपस्थिति अपेक्षा गरेभन्दा अझै निकै नै कम हो ।
यो हजको अवसरमा हजयात्रीहरूको कूल संख्या महिला पुरूष गरी १८ लाख ४५ हजार ४५ रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
कोभिड–१९ को महामारीपछि अघिल्लो वर्ष यो सङ्ख्या १० लाखमा सीमित भएको थियो ।
यस वर्षको सहभागिता अघिल्लो बर्षको तुलनामा उल्लेख्य वृद्धि देखिए पनि साउदी अधिकारीले यस बर्ष सन् २०१९ को सहभागिताको हाराहारीमा हजयात्री साउदी अरब पुग्ने प्रक्षेपण गरेका थिए ।
हज इस्लामका पाँच स्तम्भहरूमध्ये एक हो र सबै मुसलमानहरूले आफ्नो जीवनमा कम्तिमा एक पटक मक्का पुग्नै पर्ने मान्यता राख्छन् ।
सन् २०२० मा कोरोना भाइरसको महामारी उत्कर्षमा पुगेको बेला १० हजारलाई मात्र अनुमति दिइएको थियो भने सन् २०२१ मा यो संख्यालाई बढाएर ५९ हजार पुर्यायएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय