कोरोना सम्वन्धी अफवाह फैलाएको अभियोगमा लिम्बु पक्राउ
SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

युट्युब च्यानलमार्फत कोरोना भाइरस संक्रमणबारे अफवाह फैलाएको अभियोगमा सुबास सुब्बा लिम्बुलाई प्रहरीले आज पक्राउ गरेको छ ।
कोरोना भाईरसबारे अफवाह फैलाई सार्वजनिक शान्ति भंग गरेको अभियोगमा प्रहरीले अन्तिम विकल्प प्रा.लि.का संचालक सुबास सुब्बा लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका १४ नक्खिपोट बस्ने तेह्रथुम घर भएका ५१ वर्षीय लिम्बुमाथि युट्युब च्यानलमा समाजलाई दिगभ्रमित गराउने र विभिन्न व्यक्तिलाई आक्षेप लगाउने अभिव्यक्ति दिइ सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न रहेको आरोप लागेको छ ।
उनले युट्युबमार्फत कोरोना नै छैन, सरकारले हावा पिटेको, कोरोना संक्रमितको मृत्यु पश्चात आफन्तलाई भेट्न नदिई शरिरका विभिन्न अंगहरु झिकेर बेचबिखन गरीरहेको, यस विरुद्ध सडकमा आन्दोलन गर्न सबै आउनु पार्ने खालका अभियव्यक्ति दिएका थिए ।
महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरी टोलीले उनलाई ललितपुर नक्खिपोटबाट पक्राउ गरेको हो ।
लिम्बुलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महाशाखाले जनाएको छ ।
आयुर्वेदिक चिकित्सक समेत बताइएका लिम्बुले केहि दिन अघि मात्रै आफुले कोरोनाको भ्याक्सिन पत्ता लगाएको बताएका थिए ।
Categorized in अपराध