लिभरपुल एफए कपको सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ७, सोमबार

ईग्लिस क्लब लिभरपुल एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको क्वाटरफाइनलमा च्याम्पियनसिप क्लब नटिङघम फोरेस्टलाई १–० गोलले हराउँदै लिभरपुल सेमिफाइनलमा पुगेको हो ।
लिभरपुलाई जित दिलाउन डिएगो जोटाले निर्णायक गोल गरे । उनले खेलको ७८ औं मिनेटमा गोल गरेका थिए ।
अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीको सामना गर्नेछ भने क्रिस्टल प्यालेसले चेल्सीको सामना गर्नेछ
Categorized in स्पाेर्ट्स