arin enterprises

लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले हरायो

SamacharDesk | २०७९ फाल्गुण २२, सोमबार

इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति लिभरपुलले म्यान्चेस्टर युनाईटेडलाई ७–० ले हराएको छ ।

आफ्नै मैदानमा भएको खेलमा लिभरपुललाई फराकिलो जित दिलाउन कोडी गाक्पो, डार्विन नुनेज र मोहमद सालाहले २÷२ गोल गरे ।

रोबर्टो फिर्मिन्होले एक गोल थपे । गएरातिको खेलमा गोल गरेसँगै मोहोमद सालाह लिभरपुलका लागि प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।

उनले १ सय २९ गोल गर्दै रबी फौलरको कीर्तिमान भङ्ग गरेका हुन् । प्रिमियर लिगकै अर्को खेलमा एभर्टनले नटिङ्घम फरेष्टसँग २–२ गोलको बराबरी खेलेको छ ।

जितसँगै लिभरपुल २५ खेलमा ४२ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको टोटनह्याम ४५ अंकसहित चौथो स्थानमा रहँदा ४९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तेस्रो स्थानमा छ ।

शिर्ष स्थानको आर्सनलको ६३ अंक छ भने ५८ अंकसहित म्यान्चेस्टर सिटी दोस्रो स्थानमा रहेको छ ।

Categorized in स्पाेर्ट्स