नर्विचलाई हराउँदै लिभरपुल क्वार्टरफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण १९, बिहिबार

इंग्लिस कल्ब लिभरपुल एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति नर्विच सिटीलाई २–१ ले हराउँदै लिभरपुल एफए कपको क्वार्टरफाइनलमा पुगेको हो ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा खेलेको खेलको २७ औं मिनेटमा ताकुमी मिनामिनोले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।
३९ औं मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल पहिलो हाफमै २–० ले अग्रता लिएको थियो ।
पहिलो हाफमा २–० ले पछि परेको नर्विचले दोस्रो हाफमा खेलमा फकर्ने प्रयास गर्यो ।
७६ औं मिनेटमा लुकास रुपले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए ।
तर त्यसपछि थप गोल हुन नसक्दा लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गर्यो ।
Categorized in स्पाेर्ट्स