बेन्फिकालाइ हराउँदै लिभरपुल सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १, बिहिबार

इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गयराति भएको क्वार्टरफाइनलको दोस्रो लेगमा पोर्चुगिज क्लब बेन्फिकासँग समग्रमा ६–४ को जित निकाल्दै लिभरपुल अन्तिम चारमा पुगेको हो ।
पहिलो लेगमा ३–१ को जित निकालेको लिभरपुलले समग्रमा ६–४ को जित निकालेको लिभरपुलले दोस्रो लेगमा ३–३ गोलको बराबरी खेल्यो ।
लिभरपुलको घरेलु मैदानमा भएको खेलको २१ औं मिनेटमा इब्राहिमा कोनाटेले गोल गर्दै लिभरपुलले अग्रता लियो ।
३२ औं मिनेटमा गोन्कालो रामोसले गोल गर्दै बेन्फिकालाई पहिलो हाफमा १–१ को बराबरीमा ल्याए ।
रोबर्टो फिर्मिन्होले ५५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए । ६५ औं मिनेटमा फिर्मिन्होले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ३–१ मा बनाए ।
तर खेलको ७३ औं मिनेटमा रोमन यारेमचुकले गोल गर्दै बेन्फिकालाई खेलमा फर्काउने कोशिस गरे । त्यसपछि खेलको ८१ औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै खेललाइ ३–३ गोलको बराबरीमा ल्याए ।
अब लिभरपुलले सेमिफाइनलमा स्पेनिस क्लब भिल्लारियलसँग खेल्नेछ।
Categorized in स्पाेर्ट्स
