arin enterprises

‘म यस्तो गीत गाउँछु–२’ आजबाट हलमा

SamacharDesk – समाचारडेस्क | २०७८ फाल्गुण १३, शुक्रबार

पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको छ । 

सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । सिनेमा हल खुलेपछि निर्माण सकिएको दुई वर्षपछि चलचित्र रिलिज भएको हो ।

चलचित्रका मुख्य कलाकार पल शाह भने अहिले कानुनी झमेलामा छन् । पीडित पक्षले पलविरुद्ध प्रहरीमा उजुरी दिएपछि उनी चलचित्रको प्रचारमा हिँड्न सकेका छैनन् । यसको प्रभाव हलमा कस्तो पर्छ भन्नेमा धेरैको चासो छ । 

यसैबीच बुधबार साँझ आयोजित प्रिमियरमा अभिनेता पल शाह उपस्थित हुन नसकेपछि आफ्नो फिल्म प्रति कसैको आँखा लागेको भन्दै अभिनेत्री तथा फिल्मकी निर्माता पूजा शर्मा धुरुधुरु रोएकी छन् । उनले नेपाली फिल्मलाई माया गरिदिनु हुन र आफ्नो यो फिल्म ५ वर्षको अथाह मेहनतपछि बनाउन सफल भएकोले आफ्नो फिल्मलाई हेरेर हौसला प्रदान गरिदिनु हुन् आग्रह गरिन् ।

कीर्तिपुरको पाँगामा नयाँ खुलेको फिल्म हल ‘कीर्तिपुर कप्लेक्स’ मा साँझ ५ः३० मा आयोजित प्रिमियर पलकै कारणले करिब दुई घन्टा ढिलो सुरु भएको थियो ।

Categorized in पेजथ्री