arin enterprises

शिवको रुपमा पुजियो रातो मछिन्द्रनाथलाई

SamacharDesk – समाचारडेक्स् | २०७८ फाल्गुण १७, मंगलबार

ललितपुरमा आज शिवरात्रीको दिन रातो मछिन्द्रनाथलाई शिवको रुपमा विशेष पूजा  गरीएको छ ।

रत्न जडित विशेष वस्त्र लगाइदिएर रातो मच्छिन्द्रनाथलाई त्रिशूल र डमरुसमेत बोक्न लगाएर महादेवको रुपमा पूजा गरिएको हो ।

रातो मच्छिन्द्रनाथ अथवा बुंगद्यःलाई बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरको रुपमा पूज्ने गर्दछन् । त्यस्तै वैष्णवहरु विरंची नारायण मान्दछन् भने यिनै देवता शाक्तहरुको लागि भने शक्ति हुन् ।

धार्मिक सहिष्णुताका प्रतीक यी देवतालाई शैव धर्मावलम्बीहरुले महादेवकै रुपमा लिन्छन् र वर्षमा एकपल्ट यसरी शिवको रुप दिएर पूजा गर्ने गर्छन् ।

समाजका वयोवृद्धहरु यो परम्परा सयौं वर्षदेखि यसरी नै चल्दै आएको बताउँछन् ।

यो परम्परा कसले, कहिलेबाट सुरु गर्यो भन्ने बारेमा ऐतिहासिक प्रमाण वा दस्तावेज हालसम्म भेटिएको छैन ।

यसको प्रमाण मात्र मौखिक इतिहासको रुपमा जनजिब्रोमा जनश्रुतीको रुपमा झुन्डिएको छ ।

समाजमा रहेका यस किसिमका संस्कृति, परम्परालाई धार्मिक सहिष्णुताको प्रतिकको रुपमा लिन सकिन्छ ।

 

 

Categorized in संस्कृति