arin enterprises

हास्य सम्राट मदनकृष्णलाई लाइफटाइम एचिभमेन्ट अवार्ड

SamacharDesk – बिराज | २०७९ बैशाख ६, मंगलबार

पेजथ्री नेपालभाषा पिपुल्स च्वाइस अवार्डमा हास्य सम्राट मदनकृष्ण श्रेष्ठ लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

नेपालभाषाको रंगीन पाक्षिक पत्रिका पेजथ्रीको आयोजनामा शनिबार काठमाडौंमा सम्पन्न अवार्डको चौथो संस्करणमा हास्य सम्राट श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको हो ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित भव्य समारोहमा कार्यक्रममा पेजथ्री पाक्षिकको प्रकाशक संस्था ईल्वहँ पब्लिकेशनका संरक्षक धर्मबीर शाक्यले श्रेष्ठलाई दोसल्ला ओढाई अवार्डको ट्रफि प्रदान गरे ।

त्यसैगरी काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले सम्मान प्रदान गरे भने ईल्वहँका प्रवन्ध निर्देशक नरेशबीर शाक्यले फुलको माला लगाइदिए ।

स्केच आर्टिस्ट अर्पिता शाक्यले पेजथ्री अवार्ड विशेषाङ्क पेजथ्री पाक्षिकमा प्रकाशित भएको कलाकार श्रेष्ठको स्केच प्रदान गरेकी थिइन् ।

पेजथ्री पाक्षिकका सम्पादकको साथै अवार्ड कार्यक्रमका संयोजक दर्शन शाक्यको साथमा आयोजक टीमले खादा ओढाई सम्मान गरेका थिए ।

सम्मान ग्रहण गरिसकेपछि बोल्दै कलाकार श्रेष्ठले सबैको मायाकै कारण अहिलेसम्म कलाकारिता क्षेत्रमा अघि बढ्न सकेको बताए ।

‘उमेर पनि बढ्दै गएको छ, कोरोनाले पनि समायो । तर कोरोनाबाट पनि बचें र अहिलेसम्म कलाकारिता क्षेत्रमा काम गर्दै नै छु । यो सबैको मायाको कारणले नै हो, सबैको मायाले नै मलाई बलियो बनाइराखेको छ’ भावुक हुँदै हास्य सम्राट श्रेष्ठले भने ।

यस अघि लुँझ्याः कला कुञ्जले श्रेष्ठलाई समर्पित गर्दै नृत्य प्रस्तुत गरेको थियो ।

अवार्ड कार्यक्रममा नेपालभाषाको संगीत, चलचित्र र म्यूजिक भिडियो गरी ४६ वडा विधामा कलाकर्मीहरुलाई पुरस्कृत गरिएको थियो । संगीत क्षेत्रतर्फ १९ विधामा अवार्ड वितरण गरिएको थियो भने चलचित्रतर्फ १४ विधामा र १३ विधामा कलाकर्मीहरु पुरस्कृत भएका थिए ।

त्यसैगरी गीतकारद्वय निर्मल रत्न शाक्य र वि. नन्द वैद्य, कलाकार अन्नपुर्णेश्वरी श्रेष्ठ र इमर्ज ब्यान्डलाई ज्युरी सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा सेभेन वान्डर्स ब्यान्डले स्वर्गीय गायकद्वय प्रेमध्वज प्रधान र स्वयम्भुराज शाक्यको गीत प्रस्तुत गरेको थियो । त्यसैगरी इमर्ज ब्यान्डले ‘गन वने त्यना, मैंचा’ गीत पर्फम गरेका थिए ।

सोही कार्यक्रममा यन्त्र कलाको ब्यानरमा निर्माणाधीन एनिमेशन चलचित्र ‘लाखय्’ को गीतको प्रिमियर पनि गरिएको थियो ।

अवार्डको विधा र विजयीहरुको नामावली

संगीत

उत्कृष्ट आवाज पुरुष - ‘महेश राज थापा’ – गन वने त्यना

उत्कृष्ट आवाज महिला - ‘स्वस्ती महर्जन’ – वेनगु हे खःसा

उत्कृष्ट आवाज पुरुष उदीयमान कलाकार - ‘विजेन्द्र चवाल’– जीवनया छुं ई

उत्कृष्ट आवाज महिला उदीयमान कलाकार - ‘पूर्णिमा शाक्य’– सुयात कने

उत्कृष्ट आवाज पुरुष आधुनिक – ‘उत्तम महर्जन’ – मफूत म्वाये

उत्कृष्ट आवाज महिला आधुनिक – ‘रत्नशोभा महर्जन’ – छु जुल रे

उत्कृष्ट आवाज पुरुष उदीयमान आधुनिक - ‘मुकेश शाक्य’ – छंगु हे खँ ला खः

उत्कृष्ट आवाज महिला उदीयमान आधुनिक - ‘चण्डीका बाडे’ – लुमना वल

उत्कृष्ट आवाज युगल – ‘लसता जोशी, प्रवेशमान शाक्य’ – छन्त खनेवं

उत्कृष्ट आवाज युगल – ‘प्रतिमा बज्राचार्य, रत्नसंभव शाक्य’ – छ वःगु खनेवं

उत्कृष्ट बाल गीत – ‘एरोन महर्जन’ –यः मां

उत्कृष्ट भजन – ‘तंकराज शाक्य’ – बुद्ध लुमना वइ

उत्कृष्ट समूह गीत – ‘ज्यू ज्यान प्राण’ – जितेन शाक्य

उत्कृष्ट एल्बम –‘मन’ – हरिराम महर्जन थेच्व

उत्कृष्ट रचनाकार –‘रामेश्वर मिश्रण श्रेष्ठ’ – ल्वहं खः कि व

उत्कृष्ट संगीत – ‘राजकुमार मानन्धर’ – हर्कनारां साहु

उत्कृष्ट संगीत आधुनिक – ‘भुवन महर्जन’ – यः मां

उत्कृष्ट संगीत संयोजन – ‘जिवित जल्मि’ – छल यानाः जूसां ज्यु

उत्कृष्ट संगीत संयोजन आधुनिक –‘यल्लो अर्बिट’ – ओ मैंचा

चलचित्र

उत्कृष्ट कलाकार पुरूष मुख्य भुमिका –‘किशोर चिपालु’ – घोषक

उत्कृष्ट कलाकार महिला मुख्य भुमिका – ‘अन्नु महर्जन’ – बसन्त ऋतु

उत्कृष्ट कलाकार पुरूष सह भुमिका – ‘पूर्णकाजी ज्यापू’ – हिसिमति

उत्कृष्ट कलाकार महिला सह भुमिका – ‘पल्पसा डंगोल’ – घोषक

उत्कृष्ट कलाकार खल भुमिका – ‘राजेन्द्र मान शाक्य’ – घोषक

उत्कृष्ट उदीयमान कलाकार महिला –‘अंजली शाक्य’ – घोषक

उत्कृष्ट कोरियोग्राफी  – ‘निशिला शाक्य’ – आसकुति

उत्कृष्ट सम्पादन –‘मनोजरत्न शाही’ – वायादुने जाकि दु

उत्कृष्ट स्क्रीनप्ले –‘सुशिल राजोपाध्याय’ – जामनः गुभाजु

उत्कृष्ट संवाद – ‘यादव दास भोछिभोय’ – लमि

उत्कृष्ट छायाँकन –‘भवानि शिलाकार’ – जामनः गुभाजु

ओरिजिनल साउण्ड ट्राय्क –‘मायाजालं’ – आसकुति

उत्कृष्ट निर्देशक– ‘अमृतचन्द्र श्रेष्ठ’ – घोषक

उत्कृष्ट चलचित्र – ‘घोषक’

म्यूजिक भिडियाे

उत्कृष्ट मोडल पुरूष – ‘किशोर चिपालु’ – छन्त जिगु माया मदुला

उत्कृष्ट मोडल महिला – ‘रोजिना सुवाल’ – गन वन

उत्कृष्ट उदीयमान मोडल पुरूषा –‘अमोघवीर बज्राचार्य’ – अप्सरा थें च्वं

उत्कृष्ट उदीयमान मोडल महिला – ‘नेन्सी महर्जन’ – छन्त नापलाये सातकि

उत्कृष्ट क्यामरा पर्सन म्यूजिक भिडियो – ‘आभेष बज्राचार्य’ – कुचुकुचु मिं

उत्कृष्ट सम्पादन म्यूजिक भिडियो – ‘बिजु कर्माचार्य’ – यः मांं

उत्कृष्ट कोरियोग्राफर –‘आराध्यालक्ष्मी खड्गी’– जमाना मभिं

उत्कृष्ट मेकअप – ‘उमिसा पाण्डे’– छंगु लँ

उत्कृष्ट भेषभुषा – ‘छं न्हिला दः’

उत्कृष्ट राष्ट्रिय भाव, धार्मिक भाव म्यूजिक भिडियो –‘दुःख दुःख’– मिनर्वादेवी शाक्य बज्राचार्य

उत्कृष्ट पर्फोमिंग आर्टिष्ट –‘मृगनयनी’– न्हूपलाः

उत्कृष्ट निर्देशक –‘विश्वास बज्राचार्य’– पियाच्वने

उत्कृष्ट म्यूजिक भिडियो –‘छन्त जिगु माया मदुला’– धर्म महर्जन

Categorized in पेजथ्री