arin enterprises

सहकारीहरुलाई विवरण पेश गर्न ३० दिनको अल्टिमेटम

SamacharDesk | २०८० आषाढ १३, बुधबार

काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण पेस पेश र्न ३० दिनको अल्टिमेटम दिएको छ ।

पछिल्लो समय सहकारीमा संकट सिर्जना भएको बेला महानगर क्षेत्रका केही सहकारीले पनि साधारणसभाको जनाकारी नगराएको र लेखापरीक्षण प्रतिवेदन पनि पेश नगरेको विभागले जनाएको छ ।

महानगरपालिकाको सहकारी विभागले सूचना जारी गर्दै साधारण सभाको जानकारी, लेखापरीक्षण प्रतिवेदनलगायतका विवरण माग गरेको हो ।

सूचना जारी भएको मितिले ३० दिनभित्र विवरण पेश नगरे महानगरको सहकारी ऐनअनुसार कारबाही गर्ने चेतावनी दिइएको छ ।

ऐनको दफा २८ को उपदफा २ मा आर्थिक वर्ष सकिएको ६ महिनाभित्र साधारणसभा बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ मा तीन महिनाभित्र लेखापरीक्षण गराउनुपर्ने, दफा ५२ मा उक्त विवरण बुझाउनु पर्ने व्यवस्था छ ।

दफा ६६ मा सहकारीको विघटन वा दर्ता खारेजीसम्मको व्यवसथा छ । साथै, सूचनाबारे जानकारी दिंदै मेयर बालेन शाहले सहकारीले कानुनले निर्दिषट गरेका आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्न बताएका छन् ।

उनले निरन्तर रुपमा सहकारीको निगरानी गर्न बचतकर्तालाई पनि अनुरोध गरेका छन् ।

Categorized in स्थानीय