arin enterprises

महानगरले हटाउन थाल्यो बसपार्कबाहिरका टिकट काउन्टरहरु

SamacharDesk | २०८० आषाढ १, शुक्रबार

काठमाडौं महानगरपालिकाले काठमाडौंबाट बाहिर जाने सवारी साधन आजदेखि गोंगबु बसपार्कबाट मात्रै छुट्नु पर्ने नियम लागू गरेको छ ।

जस अनुसार महानगरले आजदेखि रिङरोड आसपासका टिकट काउन्टर महानगरल धमाधम हटाउन थालेको छ । महागरपालिकाको निर्णय अनुसार काठमाडौंबाट बाहिर जाने लामो तथा मध्यम दूरीका वस तथा माईक्रो बसहरु गोंगबु बसपार्कबाट छुट्ने ब्यवस्था लागू गरिएको हो । महानगरपालिकाले उपत्यका ट्राफिक प्रहरीसंगको समन्वयमा उक्त नियम कार्यान्वयन गर्न लागेको हो ।

यसैबीच महानगरपालिकाले बसपार्क बाहिर रहेका टिकट काउन्टरहरू हटाउन थालेको छ । नगर प्रहरीहरुले आज विहानैदेखि सुन्धारा, गौशाला, कलंकी, गोंगबु क्षेत्रमा रहेका टिकट काउन्टरका बोर्डहरु हटाईरहेका छन् ।

महानगरपालिकाको हिजो बसेको वैठकले असार १ गतेबाट महानगरपालिका भित्रका रिङरोडमा रहेका टिकट काउण्टरहरुको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले बताउनु भयो ।

उहाँले उपयुक्त स्थानहरुमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाको लागि गठन गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले यात्रुहरु बीचमा चढाउने तथा उतार्ने विषयमा पनि सोही कार्यदलले स्थान तोक्ने निर्णय भएको बताउनु भयो । महानगरपालिकाले जगतमान श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको छ ।

जसमा जगतमान श्रेष्ठ संयोजक, उपत्यका ट्राफिक प्रहरी कार्यालय, भीमज्वाला राई, जगनाथ गौतम, दीपक केसी, डेकनाथ गौतम, राजन रोक्का, केदार क्षेत्री, राजेन्द्र आचार्य, नारायण भट्टराई, राजुनाथ पाण्डे, जिल्ला प्रहरी परिषद्, यातायात व्यवस्था विभाग, ल्होत्से बहुउद्देश्य प्रा.लि. सदस्य रहेका छन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको उपस्थितिमा वैशाख २९ गते बसेको बैठकले यो निर्णय गरेको हो ।

Categorized in स्थानीय