चोरीको सामान सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ श्रावण ३२, आइतबार

काभ्रेका रोशन लामालाई चोरीको सामानसहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
काभ्रे घर भएका ३० वर्षीय लामालाई चोरीको ढलौटको बुद्धको मूर्तिसहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका–२२ टेबहालस्थित बीरेन्द्रमान सिंहको घरबाट करिब ६ किलोको सुनको जलप लगाएको ढलौटको बुद्धको मूर्ति चोरी भएको थियो ।
चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले उक्त मूर्तिसहित फेला पारी लामालाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–४ महाराजगंज गणेशबस्तीस्थित चाइनिज नागरिक काओसफिङ पिङको ichuananhe Hydraolyc and hydroelectric Engineering Company limited बाट विभिन्न कम्पनीका ६ थान ल्यापटप र १ थान हार्ड डिस्क शुक्रबार राति चोरी भएको छ ।
Categorized in अपराध