arin enterprises

छुरा प्रहारबाट एकजनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

काठमाडौंको धापासी बस्ने गोरखा घर भएका २४ वर्षीय आशिष मगरको छुरा प्रहारबाट आज बिहान मृत्यु भएको छ ।

धापासी हाइटस्थित देवी मन्दिरको प्राङ्गणमा अपरिचित मानिसहरुले एक्कासी छुरा प्रहार गर्दा मगर गम्भीर घाइते भएका थिए ।

उपचारको लागी चिरायु अस्पताल लगिएका उनको उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको हो ।

मगरलाई छुरा प्रहार गर्ने व्यक्तिहरु फरार रहेका छन् ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी गरिरहेको छ ।

Categorized in अपराध