वाङ्मय शताब्दि पुरुष जोशीको जन्मजयन्ती साताभरी मनाइने
SamacharDesk – बिजयरत्न | २०८१ बैशाख २५, मंगलबार

वाङमय शताब्दि पुरुष सत्यमोहन जोशीको १०५औं जन्मजयन्त विभिन्न कार्यक्रमहरु गर्दै साप्ताहिक रुपमा मनाइने भएको छ ।
वाङमय शताब्दी पुरुष जोशीको जन्मजयन्तीको अवसरमा लोक साहित्य परिषदं साताभरी विभिन्न कार्यक्रम गरी मनाउन लागेको परिषदका अध्यक्ष राजित बहादुर श्रेष्ठले जानकारी दिए ।
आउँदो बैसाख शुक्ल पंचमी (बैसाख ३०) गते स्व. शताब्दी पुरुष जोशीको १०५औं जन्मजयन्ती परेको छ । यसै दिनलाई लिएर साप्ताहिक रुपमा विभिन्न कार्यक्रम गर्ने योजना अनुसार परिषदले गत सोमबारबाट कार्यक्रमको सुरुवात गरिसकेको छ ।
कार्यक्रम तालिका अनुसार पहिलो दिन सोमवार बैसाख २४ गते सत्यमोहन जोशी लोक साहित्य भवनमा शताब्दि पुरुष जोशीको पुस्तक प्रदर्शनी गरिएको थियो । त्यस्तै आज बैशाख २५ गते मङ्गलवार परिषदको परिसरमा नामसंगीति पाठ भएको थियो ।
त्यसैगरी तेश्रो दिन २६ गते बुधवार सत्यमोहन लोक साहित्य संग्रहालय अवलोकन कार्यक्रम रहेको छ भने २७ गते बिहिवार पुरानो गुह्यश्वरीमा दीप प्रज्वलन कार्यक्रम तय भएको छ ।
कार्यक्रम अनुसार २८ गते शुक्रवार लोक साहित्य वाचन गरिनेछ भने २९ गते शनिवार विहान ललितपुरको पूल्चोकबाट साइकल र्यालि कार्यक्रम रहेको छ ।
बैसाख ३० गते आइतवार जोशीको जन्मजयन्तीकै दिनमा परिषदको परिसरमा विभिन्न पुस्तक लोकार्पणको कार्यक्रम रहेको छ ।
गत वर्षबाट परिषदले यसरी साताभरी विभिन्न कार्यक्रमहरु गर्दै जोशीको जन्मजयन्ती मनाउन थालेको हो ।
Categorized in समाज