arin enterprises

मनाङ्गेलाई पाँच वर्ष कैद सजायँ

SamacharDesk | २०८१ कार्तिक २०, मंगलबार

सर्वोच्च अदालतले गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई ५ वर्षको जेल सजाय सुनाएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले मनाङेलाई दोषी ठहर गरेको हो ।

गुण्डा नाइने चक्रे मिलनको ज्यान मार्ने उद्योग गरेको अभियोगमा सर्वोच्चले मनाङ्गेलाई दोषी ठहर गर्दै जेल सजायको आदेश दिएको हो ।

जिल्ला अदालतले दोषी ठहर गरेपछि पाटन उच्च अदालत पुगेका उनी सर्वाेच्चले उच्चकै फैसला सदर गर्दै दोषी ठहर गरेको हो ।

उच्चले उहाँलाई पाँच वर्ष कैद सजाय सुनाएको थियो । फैसला अनुसार मनाङेले अब तीन वर्ष जेल बस्नुपर्छ ।

यसअघि नै ज्यान मार्ने उद्योगको अभियोगमा उहाँ दुई वर्ष जेल बसिसक्नुभएको छ । २०६१ सालमा मनाङ्गेले चक्रे मिलन भनिने मिलन गुरुङलाई तरबार प्रहार गरेका थिए ।

उनको छिनेको हात पछि जोडिएको थियो भने मिलनकी श्रीमती इन्दिरा गुरुङले मनाङेविरुद्ध ज्यान मार्ने कसुरको किटानी उजुरी दिएकी थिइन् ।

मनाङे मनाङ (ख)बाट दोस्रो पटक स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित हुनुभएको थियो ।

Categorized in अपराध