म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ फाल्गुण २६, बिहिबार

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम ८ मा प्रवेश गरेको छ ।
सिटीले पोचुगिज क्लब स्पोर्टिङ सिपिलाई समग्रमा ५–० ले पराजित गर्दै अन्तिम आठमा पुगेको हो ।
बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा गोलरहित बराबरी खेलेको सिटिले पहिलो लेगमा सिटिले स्पोर्टिङ सिपिलाई५–० को फराकिलो जित निकालेको थियो ।
जसको कारण सिटीले समग्रमा जित निकाल्दै अर्को चरणको यात्रा तय गरेको हो ।
सिटीको घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको थियो ।
Categorized in स्पाेर्ट्स