साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी सेमिफाइनलमा
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ चैत्र ७, सोमबार

क्वाटरफाइनलमा साउथह्याम्पटनलाई हराउँदै म्यानचेस्टर सिटी एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनल खेलमा साउथह्याम्पटनलाई ४–१ गोलले हराउँदै सिटी समिफाइनलमा पुगेको हो ।
खेलको १२ औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । एम्रिक लापोर्टेले पहिलो हाफको इन्जुरी समयमा आत्मघाती गोल गरेपछि खेल १–१ गोलको बराबरीमा पुग्यो ।
६२ औं मिनेटमा केभिन डी ब्रुएनले पेनाल्टीमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए । ७५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई ३–१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ७८ औं मिनेटमा रियाद महरेजले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए ।
Categorized in स्पाेर्ट्स