प्रिमियर लिगमा सिटीको शानदार सुरुवात
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण २७, शनिबार

प्रिमियर लिगको नयाँ सिजन २०२३/०२४मा म्यानचेस्टर सिटीले शानदार सुरुवात गरेको छ ।
शुक्रबार भएको बर्नलीलाई हराउँदै साविक विजेता सिटिले शानदार सुरुवात गरेको हो । सिटिले बर्नलीलाई ३–०ले हरायो ।
सिटीको जितमा एर्लिङ हालाण्डले दुई र रोड्रीले एक गोल गरे । चौथौ मिनेटमा हालाण्डको गोलमा सिटिले अग्रता लियो । हालाण्डले ३६ औं मिनेटमा सिटीको अग्रता दोब्बर बनाए ।
खेल सकिन पाँच मिनेट अघि रोड्रीले सिटीका लागि तेस्रो गोल थपेका थिए ।
खेलको अन्त्यमा अनास जरौरीले रातो कार्ड पाउँदै मैदान बाहिरिएपछि बर्नली दश खेलाडिमा सिमित भएको थियो ।
योसँगै साविक विजेता सिटीले तिन अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स