फराकिलो जितसँगै म्यानचेस्टर सिटीले उचाल्यो प्रिमियर लिगको ट्रफी
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १०, सोमबार

ईंग्लिस प्रिमियर लिग अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा च्याम्पियन सिटीले एभर्टनलाई ५–० गोलले पराजित गरेको हो । यो फराकिलो जितसँगै सिटीले प्रिमियर लिगको उपाधि ट्रफी समेत उचालेको छ ।
सिटीलाई जित दिलाउन केभिन डी ब्रुएनले ११ औं मिनेटमा, ग्राबियल जिससले १४ औं मिनेटमा गोल गर्दा सिटि पहिलो हाफमा २–०ले अघि रह्यो ।
३७ औं मिनेटमा एभर्टनले पाएको पेनाल्टीलाई गोलमा परिनत गर्न सकेन । गिल्फी सिगुर्डसनले प्रहार गरेको पेनाल्टीलाई सिटीका गोलकिपर एडर्सनले बचाए ।
यस्तै फिल फोडेनले ५३ औं मिनेटमा गोल गर्दा सर्जियो अग्युरोले ७१ औं र ७६ औं मिनेटमा गोल गर्दै सिटीलाई ५–० को जित दिलाए ।
यो गोलसँगै अग्युरोले सिटीका लागि १ सय ८४ औं गोल पूरा गरेका छन् भने उनले सिजनको अन्त्यसँगै क्लब छाड्दै छन् ।
सिटीले उपाधि जित्ने क्रममा यस सिजन ३८ खेलमा ८६ अंक जोड्यो ।
एभर्टन भने ५९ अंक जोडेर दशौँ स्थानमा रह्यो ।
Categorized in स्पाेर्ट्स