सेमिफाइनलको पहिलो लेगमा सिटी विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ बैशाख १४, बुधबार

युरोपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब म्यानचेस्टर सिटी विजय भएको छ ।
गएराति सिटिले आफ्नै मैदानमा स्पेनिस क्लब रियल म्याड्रिडलाई ४–३ गोलले पराजित गरेको हो ।
खेलको दोस्रो मिनेटमा केभिन डि ब्रुएनलले गोल गर्दै सिटीलाई अग्रता दिलाए । ११औं मिनेटमा गाब्रियल जेससले सिटीको अग्रता दोब्बर पारे ।
करिम बेन्जिमाले ३३ औं मिनेटमा रियलका लागि गोल फर्काए ।
पहिलो हाफमा २–१ गोलले अघि रहेको सिटीका लागि फोडेनले ५३ मिनेटमा तेस्रो गोल गरे ।
रियलका भिनिसियस जुनियरले ५५ औं मिनेटमा गोल गरेपछिे खेल ३–२ को अवस्थामा आयो ।
सिटीका लागि बेर्नान्डो सिल्भाले ७४ औं मिनेटमा चौथो गोल गरे ।
८२ मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गरेपछि खेल ४–३ गोलको अवस्थामा पुगेको थियो ।
अब सिटी र रियलबीचको दोस्रो लेग आगामि मे ५को दिन रियलको मैदानमा हुनेछ ।
Categorized in स्पाेर्ट्स