arin enterprises

काराबाओ कपको उपाधि म्यान्चेस्ट युनाईटेडलाई

SamacharDesk | २०७९ फाल्गुण १५, सोमबार

यस वर्षको काराबाओ कप फुटबलको उपाधि म्यान्चेस्टर युनाईटेडले जितेको छ ।

लण्डनको वेम्बले रंगशालामा गएराति भएको फाइनल खेलमा न्युकासल युनाईटेडलाई २–० ले हराउँदै म्यानचेस्टर युनाइटेडले उपाधि उचालेको हो ।

खेलको ३३ औं मिनेटमा ब्राजिलियन खेलाडी कासेमिरोले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिए । ३९ औं मिनेटमा न्युकासलका सेभेन बोटम्यानले आत्मघाती गोल गरेपछि युनाइटेड २–० ले विजयी भयो ।

जितसँगै ६ वर्षपछि पहिलो उपाधि जितेको म्यान्चेस्टर युनाईटेडले डच पशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा सुधारिएको संकेत गरेको छ । युनाइटेडले यसअघि सन् २०१७ मा जोजे मौरिन्होको नेतृत्वमा युरोपा लिग जितेको थियो ।

म्यान्चेस्टर युनाइटेडले इंग्लीश लिग कप अर्थात काराबाओ कपको उपाधि जितेको यो छैटौं पटक हो ।

Categorized in स्पाेर्ट्स