arin enterprises

डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ २९, शनिबार

 युरोकप अन्तर्गत डेनमार्क र फिनल्याण्डबीचको खेल रद्द भएको छ ।

डेनमार्कको कोपनहेगनमा जारी खेल दौरान डेनमार्कका क्रिस्टियन एरिक्सन बेहोस भएर मैदानमा लडेपछि खेल रद्द गरिएको हो । चिकित्सा आपतकालको कारण जारी खेल रद्द गरिएको युएईएफले जनाएको छ ।

एरिक्सन खेलको ४३ औं मिनेटमा बेहोस भएर मैदानमा ढलेपछि उनलाई मैदानमै सीपीआर दिएको थियो । उनलाई हृदयघात भएको अनुमान गरिएको छ ।

खेल गोलरहित बराबरीको अवस्थामा रहेको थियो ।  

Categorized in स्पाेर्ट्स