आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
SamacharDesk – Ram Dangol | २०७९ बैशाख १८, आइतबार

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । हरेक वर्ष मे १ तारिखका दिन नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने गरिएको छ ।
‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो सहरका श्रमिकहरूले सडक ओर्लिएर बलिदानी पूर्ण सङ्घर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा आज विश्वभर अन्तर्राष्ट्रिष्य श्रमिक दिवस मनाइँदैछ । यस वर्ष नेपाल सरकारले श्रमिक दिवसको नारा ‘मर्यादित श्रम, सुरक्षित रोजगार ः विकास र समृद्धिको आधार’ भन्ने तय गरेको छ ।
एक सय ३६ वर्षदेखि निरन्तर मनाउन सुरु गरिएको श्रमिक दिवसले श्रमिकको एकता, वीरता र गौरवपूर्ण इतिहास बोकेको छ । अन्र्राष्ट्रिय श्रमिक दिवसले संसारभरका श्रमिकलाई आफ्नो अधिकारप्रति जागरुक बनाउँदै आएको छ । नेपालमा पनि विभिन्न ट्रेड युनियनले श्रमिक दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालमा विराटनगरमा २००७ सालको मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो । २०४६ सालको राजनीतिक परिवर्तनसँगै सरकारले यो दिवसका दिन सार्वजनिक बिदा दिन थालेको छ । नेपालमा यो दिवस मनाउन थालेको लामो समय भइसक्यो तर संविधानले सामाजिक सुरक्षाको हक, रोजगारीको हकको प्रत्याभूति गरेपनि औपचारिक तथा अनौपचारिक क्षेत्रका लाखौँ श्रमिक सामाजिक सुरक्षाको हकका साथै न्यूनतम परिश्रमिकबाट वञ्चित छन् ।
संविधानले हरेक नागरिकलाई रोजगारीको हक प्रदान गरेको भए पनि कामको अभावमा युवा शक्ति विदेशीने क्रम झन् झन् बढ्दो छ । युवा शक्ति विदेशीएपछि एकातर्पm मुलुकमा युवाशक्तिको अभाव छ भने अर्काेतिर देश केवल रेमिट्यान्सको भर पर्नुपर्ने अवस्था देखिएको छ । त्यसैले सरकारले मुलुकभित्रै रोजगारीको वातावरण बनाउन र विदेशिएका युवालाई स्वदेश फर्कने व्यवस्था मिलाउन सरकार लाग्नुपर्नुपर्ने देखिन्छ ।
Categorized in राष्ट्रिय