arin enterprises

मेयर भोजपुर गोल्डकप प्रतियोगीता आजबाट

SamacharDesk – समाचारडेस्क स्पोर्ट्स ब्यूरो | २०८१ बैशाख ९, आइतबार

भोजपुर जिल्ला सदरमुकाममा आज आइतबारदेखी ७औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगीता सुरु हुने भएको छ ।

आयोजक भोजपुर जिल्ला फुटबल संघले कोदार रंगशालामा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगीता सञ्चालनको सम्पुर्ण तयारी पूरा भएको जनाएको हो ।

आयोजक संस्थाका अध्यक्ष प्रविण सुवालले प्रतियोगीतामा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड, भारतको जर्जियन फुटबल क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लबको साथमा आठ वटा टोलीको सहभागीता रहने जानकारी दिए ।

प्रतियोगीतामा यी तीन टोलीको साथमा राजारानी फुटबल क्लब धनकुटा, डाँगीहाट युथ क्लब मोरङ, सलहेश युवा क्लब सिराहा, खोटाङ भगवती स्पोर्टस् क्लब र आयोजक भोजपुर जिल्ला फुटबल सङ्घको पनि सहभागिता रहनेछ ।

प्रतियोगीताका विजेता र उपविजेता टिमले क्रमशः नगद रु ५ लाख, ३ लाखको साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

आज बैशाख ९ गतेदेखि बैशाख १५ गतेसम्म सञ्चालन हुने प्रतियोगीताको अनुमानित लागत ४९ लाख रुपैयाँ रहेको बताइएको छ ।

Categorized in स्पाेर्ट्स