arin enterprises

स्वास्थ्य मापदण्डकाे पूर्ण पालना गर्न महानगर प्रमुखकाे अनुराेध

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २६, आइतबार

कोभिडको शंका लागे महानगरको हटलाइन ११८० मा सम्पर्क गरेर निःशुल्क पीसीआर परीक्षण गराउन महानगरका प्रमुख विद्यासुन्दर शाक्यले अपिल गर्नुभएको छ ।

महामारी नियन्त्रणका लागि सामुहिक प्रयासमा जोड दिँदै आज प्रमुख शाक्यले अपिल जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

कोभिडको उपचार गराउन अस्पताल जानु परे १०२ मा अन्य रोगको उपचारका लागि अस्पताल जानु परे हटलाइन ११८० मा सम्पर्क गर्न पनि महानगर प्रमुख शाक्यले अनुरोध गर्नुभएको छ ।

‘बिहान बजार खुल्ने समयमा संक्रमणको लक्षण देखा परेका र संक्रमण पोजेटिभ भएका व्यक्तिहरु बजारमा निस्किने, लक्षण लुकाएर हिँड्ने गरेको गुनासो बढ्न थालेको छ’ अपिलमा भनिएको छ, ‘यसले संक्रमण बढ्ने भएकाले त्यस्तो कार्य नगर्न हुन आम दाजुभाई तथा दिदी बहिनीहरुमा आग्रह गर्दछु ।’

अपिलमा स्वास्थ्य समस्या परे आफ्नो वडाका अध्यक्ष वा जनप्रतिनिधिलाई सम्पर्क गर्न र सरकारले तोकेका स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न अनुरोध गरिएको छ ।

Categorized in स्थानीय