arin enterprises

खोप चाँडै वितरण गर्ने मेयर शाक्यको प्रतिवद्धता

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ जेठ २८, शुक्रबार

शुक्रबार नेकपा एमाले महानगर कमिटी र राष्ट्रिय युवा संघ नेपालको प्रतिनिधि मण्डलले काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर समसामयिक परिस्थितीको बारेमा छलफल गरेको छ ।

सो अवसरमा महानगर कमिटीका सदस्य लक्ष्मण शाहीले नेकपा एमाले १५ वडा कमिटी र युवा संघ नेपाल १५ वडा कमिटीले वर्तमान परिस्थितिमा वडाबासीहरुको स्वास्थ्य सुरक्षाको लागि गरिरहेको गतिविधिको बारेमा जानकारी गराए ।

संघका केन्द्रिय सदस्य साथै क्षेत्र नं ८ का उत्प्रेरक र महानगर कमिटीका सदस्य निसार उद्दिनले अहिले महानगरबाट स्थगित गरिएको भेरोसिल खोपको विषयमा काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराउनुभयो ।

खोप कार्यक्रम स्थगित हुँदा महानगर बासिन्दामा निराशा छाएको र मनोबल घटदै गएको देखिएकोले यथाशिघ्र सबैलाई खोप उपलब्ध गराइदिन निसार उद्दिनले अनुरोध गर्नुभयो ।

काठमाडौं महानगर प्रमुख शाक्यले कोभिड–१९ विरुद्धको खोपको चाँडै नै उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

‘कोभिड १९ विरुद्धको लडाईँमा सबैभन्दा ठुलो हतियार नै खोप हो, महानगरवासीहरुलाई चाँडो भन्दा चाँडो खोप वितरण गर्नका लागि महानगर प्रतिवद्ध छ, हामी चाँडै नै यसमा अघि बढ्छौं’ शाक्यले भन्नुभयो ।

सो अवसरमा महानगर कमिटीका सदस्य उद्दव खड्गी, सानू रत्न फूबरे लगायतको उपस्थिती थियो । 

Categorized in स्थानीय