arin enterprises

एम्बाप्पेको नयाँ किर्तिमान

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ फाल्गुण २१, आइतबार

केलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) को लागि  सर्वाधिक गोल गर्ने खेलाडीको किर्तिमान बनाएका छन् ।

शनिबार राति भएको खेलमा पीएसजीको लागि गोल गर्दै एम्बाप्पे सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन् ।

एमबाप्पेले २ सय ४७ औं खेलमा २ सय एक गोल नयाँ किर्तिमान बनाएको हो । उनले एडिन्सन काभानीको कीर्तिमान तोडेका हुन् ।

गए राति भएको खेलमा पीएसजीले  नान्टेसलाई ४–२ गोलले हराएको थियो ।

खेलको १२ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

१७ औं मिनेटमा जोएन हड्जमले आत्मघाती गोल गरेपछि पीएसजी दोब्बर अग्रताले अघि रह्यो ।

लुडोभिच ब्लासले ३१ औं मिनेटमा गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए ।

३८ औं मिनेटमा इग्नाटिउस गनागोको गोलसँगै खेल २–२ गोलको बराबरीमा आयो ।

खेलको ६० औं मिनेटमा डानिलो परेराले गोल गर्दै पीएसजीलाई ३–२ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई ४–२ को जित दिलाएको थियो ।

Categorized in स्पाेर्ट्स