श्रीलंकामा औषधीको मूल्यमा तीव्र वृद्धि
SamacharDesk | २०७९ बैशाख १८, आइतबार

आर्थिक संकटले थलापरेको श्रीलंकामा दैनिक उपभोग्य सामग्रीसहित औषधिको मूल्यमा तीव्र वृद्धि गरेको छ ।
त्यहाँका गरिबी निमुखा जनताले त आवश्यक पर्ने सामान्य औषधी समेत पाउन सकेको छैन भने धनीमानी मानिएका ठूला वर्गहरुले पनि दोब्बर पैसा तिर्दा पनि कोटा प्रणालीबाट पाउने गरेको छ ।
एन्टिबायोटिक्स, निश्चित पेन किलर्स र मुटुसम्बन्धी औषधिको मूल्यमा ४० प्रतिशत बृद्धि गरिएको हो । औषधिको चरम अभाव देखिएको छ । आपूर्तिको लागि विदेशमा नै निर्भर गर्नुपर्ने बाध्यता छ ।
सरकारले खाद्यान्न र औषधिहरूसहित केही आवश्यक वस्तुहरूको आयातमा प्रतिबन्ध लगाएको थियो । रुपैयाको अवमूल्यन र अधिकांश औषधि निजी क्षेत्रबाट आयात हुने भएकाले सरकारसँग विकल्प नभएको देखिन्छ ।
मूल्यबृद्धि नगरे गम्भीर अभाव हुन सक्ने अधिकारीहरु बताउँछनत् । औषधि अभावले तोकिएभन्दा कम औषधि किन्न बाध्य भएको भन्दै स्वास्थ्यकर्मी चिन्तित छन् ।
Categorized in अन्तर्राष्ट्रिय