मेस्सीको मियामी यूएस ओपन कपको फाइनलमा
SamacharDesk | २०८० भाद्र ७, बिहिबार

इन्टर मियामी यूएस ओपन कपको फाइनलमा प्रवेश गरेको छ ।
लियोनल मेस्सीको कप्तानीमा रहेको सिन्सिनाटिको मैदानमा भएको मायमीले खेलको टाइब्रेकरमा ५–४ ले जित्दै फाइनलमा स्थान बनाउन सफल भयो ।
सेमिफाइनलको खेलको निर्धारित र अतिरिक्त समय ३–३ गोलको बराबरि सकिएको थियो ।
केही दिन अघि मात्र लिग्स कपको उपाधी जितेको मियामीले टाइब्रेकरमा सिन्सिनाटिलाई पराजित गर्दै लगातार दोस्रो फाइनलमा स्थान बनाएको हो ।
अब उपाधि भिडन्तमा ह्युस्टन डाइनामो र रियल साल्ट लेकबीच चलिरहेको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा हुनेछ ।
फाइनल सेप्टेम्बर २७ मा खेलिनेछ ।
Categorized in स्पाेर्ट्स