arin enterprises

मेस्सीको कप्तानीमा मियामी पहिलो पटक फाइनलमा

SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण ३१, बुधबार

अमेरिकी क्लब इन्टर मियामी पहिलो पटक लिग कपको फाइनलमा प्रवेश गरेको छ ।

लियोनेल मेस्सीको कप्तानीमा रहेको मियामीले बुधबार भएको सेमिफाइनल खेलमा फिलफोडियालाई ४–१ गोलले पराजित गरेको हो ।

मियामीलाई फाइनलमा पुर्‍याउन जोसेफ मार्टिनेज, मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले समान १/१ गोल गरे ।

योसँगै मेस्सीले मियामीका लागि लगातार ६ खेलमा ९ गोल गरेका छन् ।

मियामी क्लब इतिहासमै पहिलोपटक कुनै पनि उपाधि नजिक पुगेको हो । यसअघि मियामीले कुनै पनि प्रतियोगिताको फाइनल खेलेको थिएन ।

अब मायमीले फाइनलमा नाशभिल र मोन्टरेबीच खेलको विजेतासँग खेल्नेछ । फाइनल यसै शनिबार हुनेछ ।

Categorized in स्पाेर्ट्स